काठमाडाैं । ताप्लेजुङको पाथीभरा मुक्कुमलुङको ‘नो केबलकार समूह’ लाई वार्तामा आउन गृह मन्त्रालयको वार्ता समूहले अनुरोध गरेको छ ।
गृह मन्त्रालयका सहसचिव एवं वार्ता समितिका संयोजक प्रेमप्रसाद भट्टराईले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त समूहलाई वार्तामा आउन अनुरोध गरेका हुन् ।
ताप्लेजुङको समस्या समाधानका लागि भनेर गृह मन्त्रालयले भट्टराईको संयोजकत्वमा समिति बनाएको थियो । उक्त समितिले माघ २२ गते आन्दोलनरत पक्षसँग वार्ता गरी ६ बुँदे सहमति गरेको थियो ।
माघ २७ गते पनि दुई पक्षबीच छलफल भएको थियो ।
प्रतिक्रिया