काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–१ भवानीपुरस्थित सुधार केन्द्रमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । नवजन्म पुनर्स्थापना केन्द्रमा कुटपिटबाट एक जनाको मृत्यु भएको बाराका एसपी सन्तोष तामाङले जानकारी दिए ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–९ घर भएको प्रदीप प्रसाद मण्डल ‘धिरेन्द्र’ छन् ।
उनी पछिल्लो १५ दिनदेखि उक्त सुधार केन्द्रमा बस्दै आएका थिए । राति कुटपिटबाट घाइते भएका उनलाई प्रादेशिक अस्पताल कलैयामा लगिएको थियो । त्यहाँ जाँच गर्नेक्रममा चिकित्सकले मृत घोषणा गरेको थियो ।
हत्यामा संलग्न आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैयाका सरफराज मन्सुरी, निरज सरार्फ, महमद आशु मिँया शेख, अरूण सरार्फ, प्रमेश्वर साह, तमन्ना अली र सागर गुप्ता छन् ।
प्रतिक्रिया