Logo

प्रमुख समाचार

शानदार म:ममा आगलागी हुँदा घाइते भएका थप एक जनाको मृत्यु



काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शानदार म:मको भवनमा आगलागीबाट घाइते थप एक जनाको मृत्यु भएको छ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।

योसँगै मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

यसअघि सोमबार रविन राई र मंगलबार भीमबहादुर घलेको मृत्यु भएको थियो । माघ २३ गते शानदार म:ममा ग्यास लिक भएर आगलागी भएको थियो ।

प्रकाशित मिति : फाल्गुन २, २०८१ शुक्रबार  ४ : ५७ बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।