विराटनगर । ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरामा केबुलकार निर्माणको विरोध गर्दै आएको समूहले धरानमा एक जनालाई मोसो दलेको छ ।
केबुलकारको पक्षमा बोलेको भन्दै विरोधमा रहेको समूहले आइतबार दिउँसो ताप्लेजुङबाट धरान आएका पदम चेन्जी माबोलाई दुर्व्यवहार गर्दै मोसो दलेको हो ।
घटना लगत्तै इलाका प्रहरी कार्यालय धरानले उनलाई सुरक्षा प्रदान गर्दै संरक्षणमा लिएको छ ।
पक्षधर नेता अमर इजम लिम्बुका अनुसार चेन्जी याक्थुङ चुम्लुङको कार्यक्रममा सहभागी हुन आएका बेला स्थानीय युवाहरूले कालोमोसो दलेका हुन् । ‘उहाँले फेसबुकमा ‘नो केबलकार’ अभियानविरुद्ध टिप्पणी गर्नुभएको थियो। त्यसका लागि माफी माग्न आग्रह गरिएको थियो’ लिम्बुले भने । युवाहरूले कालोमोसो दल्दा हामीले रोक्न प्रयास भने गरेका थियौँ।’
प्रतिक्रिया