काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको घमण्डका कारण नेकपा एमालेमा विद्रोहको आगो भुसमा लागेका आगो जस्तै बन्दै गएको छ ।
आफू बाहेक अन्यलाई नेता नदेख्ने ओलीको प्रवृत्तिले एमालेमा उनको विरोधमा ठूलो आवाजको स्वर नसुनिए पनि भित्रभित्रै नेता कार्यकर्ता ओलीसँग रुष्ट बन्दै गएका छन् । उनको विरोधमा बोल्ने दोस्रो तहका नेताहरुलाई कुनै न कुनै आरोप र बहाना बनाएर कारबाही गर्ने उनको प्रवृत्तिले खुले र कुनै नेताले ओली विरोध गर्न सकेको छैन ।
जसले विरोध गरेका छन् उनीहरुलाई अनुशासनको कार्यवाही गरेर ओली सुरक्षित बन्ने प्रयत्न गर्दै आएका छन् । उनको यो प्रत्यन धेरै लामो समय जाने जस्तो देखिँदैन । स्वर्गीय मदन भण्डारीको अथक प्रयासले जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गर्दै पार्टीलाई निकट बनाएर ठूलो पार्टी बनाउने सपनाका साथ सम्पूर्ण नेतृत्वलाई एकताबद्ध गर्ने काम भएको थियो ।
लामो समयसम्म पार्टी निरन्तर रुपमा गुट उपगुट रहित देखिएको भए पनि त्यसबेला देखि नै केपी ओलीले मूल नेतृत्वको विरोध गर्ने र आफूलाई अर्को गुटको नेता बनाएर पार्टीभित्र कलह ल्याउने प्रयत्न गर्दै आएका थिए ।
कालन्तरमा उनी पार्टी अध्यक्ष भएपछि पार्टीभित्र नेता पिच्छेका गुट उत्पादन भएर २०५४ सालमा वामदेव गौतमको नेतृत्वमा ओलीकै कारण पार्टी विभाजन भएको थियो । त्यसपछि पनि गुट र उपगुटमा चल्दै आएको पार्टी ओली प्रधानमन्त्री भएकै बेला संसद् विघटन गर्ने जस्ता हर्कत गरेपछि माधव नेपाल समूहले पार्टी फुटाउन बाध्य भएर उनकै विरुद्ध अभियान चलाई सत्ता च्यूत गर्नु परेको इतिहास छ ।
हजारौं नेता कार्यकर्ताको रगत पसिना र बलिदानीले बनेको नेकपा एमाले कुनै समय नेपालको संसदीय अभ्यासमा संसदमा पहिलो र ठूलो पार्टी समेत भएको थियो । बलिदानी योद्धाहरुको विरासत बनेकेका नेकपा एमाले पार्टीमा देखिएको ओलीको हैकमवादी तानाशाही प्रवृत्तिप्रति पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी क्रूध बन्दै आएका छन् ।
पूर्व राष्ट्रपति जस्तै मुलुकको सर्वोच्चमा पुगिसकेको व्यक्ति पुनः राजनीति दलमा सक्रिय राजनीतिका लागि फर्कन हुँदैन भन्ने मान्यता र मर्यादा बुझ्दाबुझ्दै पनि पूर्व राष्ट्रपति भण्डारी बाध्यताबस नेकपा एमालेको सक्रिय राजनीतिमा आउन प्रयत्न गरिरहेकी छिन् ।
अध्यक्ष ओलीले पार्टीका नेता कार्यकर्ताहरुलाई गुटरहित चलाउन नसक्नु र पार्टीभित्र तानाशाही प्रवृत्ति देखाएका कारण नै भण्डारी सक्रिय राजनीतिमा आउनुपरेको बाध्यता उनी निकट नेताहरुले ओकल्न थालेका छन् ।
पूर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउने संकेत बाहिरिएपछि एमाले अध्यक्ष ओलीकै छटपटाहट बढेको छ । उनी भण्डारीलाई सक्रिय राजनीतिमा आउनबाट जसरी पनि रोक्नुपर्ने मनस्थितिमा देखिएका छन् ।
भण्डारीलाई पार्टीको सक्रिय राजनीतमिा आउनबाट रोक्न उनले हरसम्भवका हत्थकण्डा अपनाएका छन् । आफ्नो भक्तिगान गाउने र आफू निकट रहेका नेताहरुलाई भण्डारीका विरोध प्रचार गराएर रोक्ने प्रत्यनमा लागेका छन् ।
यसैक्रममा नेकपा एमाले पार्टी उपमहासचिव प्रदीप ज्ञवालीलगायतलाई भण्डारीका विरुद्ध नकारात्मक अभिव्यक्ति दिन लगाएका गोलमेचमा खबर छ । केही दिन अगाडि उपमहासचिव ज्ञवालीले राष्ट्रपति भइसकेको व्यक्ति दलीय राजनीतिमा सक्रिय हुने कुरा उचित नभएको बताएका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेमा फर्किने चर्चा भइरहेको बेला उपमहासचिव ज्ञवालीले मुलुककै अभिभावक भइसकेको मान्छे पार्टीको प्रत्यक्ष कार्यकारी भूमिकामा फर्किने कुरा उचित नभएको बताएका हुन् ।
उनले राष्ट्रपति वा उपराष्ट्रपति संस्था गणतन्त्रको प्रतिकको रुपमा हुँदा उक्त संस्थाहरुलाई सुदृढीकरण गर्दै थप मर्यादित बनाउनुपर्ने छ । राष्ट्रपति वा उपराष्ट्रपति संस्था गणतन्त्रको प्रतिकको रुपमा नवोदित संस्थाहरु हुन् । ती संस्थालाई सुदृढिकरण गर्नु र त्यसलाई थप मर्यादित बनाउनु हामी सबैको कर्तव्य हो ।
संवैधानिक राष्ट्रअध्यक्षहरु मुलुकको अभिभावक हुँदा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको अभिभावकको रुपमा पूर्वराष्ट्रपति नै हुने उनको भनाइ छ ।
प्रतिक्रिया