काठमाडाैं । भायानेट कम्युनिकेसनमा रोजगारीको अवसर खुलेको छ ।
कम्पनीले पानीपोखरीका लागि दुई जना एरिया सेल्स रिप्रेजेन्टेटिभ र जावलाखेलका लागि सेल्स एण्ड बिलिङ सुपरभाइजर पदमा कर्मचारी माग गरेको हो ।
सेल्स एण्ड बिलिङ सुपरभाइजर पदमा आवेदन दिने इच्छुकले व्यवस्थापन वा मार्केटिङ विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।
यस्तै, एरिया सेल्स रिप्रेजेन्टेटिभ पदको लागि एसएलसी वा +२ उत्तीर्ण गरेको हुनुपर्नेछ। फ्रेसरले आवेदन दिन सक्नेछन् ।
सेल्स एण्ड बिलिङ सुपरभाइजर पदमा आवेदन दिने इच्छुकले फागुन १६ गते र एरिया सेल्स रिप्रेजेन्टेटिभले फागुन चैत ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।




















प्रतिक्रिया