काठमाडाैं । ‘दाह्री ग्याङ’ले नवौं वार्षिकोत्सव मनाएको छ । सामाजिक सञ्जालमार्फत् आबद्ध भएको समूहले मंगलबार नवौं वार्षिकोत्सव मनाएको हो ।
‘दाह्री ग्याङ’ले काठमाडौंमा साइबर सुरक्षासम्बन्धी सचेतना, दन्त परीक्षण, सुलेखन कला कार्यक्रम आयोजना गरेर रचनात्मकरूपमा वार्षिकोत्सव मनाएको संस्थाले जनाएको छ ।
रूपन्देहीमा वृक्षरोपण तथा सन्ध्याकालीन भजनकीर्तन गरेर मनाइएको छ। नवलपरासीमा संस्थाले रक्तदान आयोजना गरेको थियो ।
पोखराको ‘दाह्री ग्याङ’ले हिमालयन एनिमल रेस्क्यु ट्रस्टमा आवश्यक खाद्यान्न र मेडिकल सामाग्री प्रदान गरी वार्षिकोत्सव मनाएको छ । धनगढीमा सडकका कुकुर तथा चौपायालाई खाद्य उपलब्ध गराइएको थियो ।
त्यस्तै रोयल जोरायल क्लबसँग मैत्रीपुर्ण फुटसलको आयोजना गरिएको संस्थाले बताएको छ । ‘दाह्री ग्याङ’ झापा र झापा ब्लड डोनर सोसाइटीबीच मैत्रिपूर्ण क्रिकेट स्पर्धा भएको थियो ।
दाङको घोराही, सप्तरीको फत्तेपुर, नवलपरासी, मोरङको पथरी शनिश्चरे, दोलखा, गोरखा, कञ्चनपुरलगायत विभिन्न ठाउँमा वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम आयोजना गरिएको थियो। देशबाहिर बेलायतको लण्डन र प्रेस्टोनमा पनि कार्यक्रम गरिएको दाह्री ग्याङले बताएको छ ।




















प्रतिक्रिया