काठमाडाैं । एनएमबी बैंकमा रोजगारीको अवसर खुलेको छ । बैंकले सिस्टम इन्जिनियर, डेटा इन्जिनियर र बिजनेस सिस्टम एनालाइस्ट पदमा कर्मचारी माग गरेको हो ।
सिस्टम इन्जिनियर पदमा आवेदन दिने इच्छुकले कम्प्युटर साइन्स/आइटी वा सम्बन्धित क्षेत्रमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने स्नाकोत्तर उत्तीर्ण गरेकालाई प्राथमिकता दिइने बैंकको भनाइ छ ।
यस्तै, डेटा इन्जिनियर पदमा आवेदन दिने इच्छुकले कम्प्युटर साइन्स/आइटी वा सम्बन्धित क्षेत्रमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने स्नाकोत्तर उत्तीर्ण गरेकालाई प्राथमिकता दिइनेछ ।
बिजनेस सिस्टम एनालाइस्ट पदमा आवेदन दिने इच्छुकले कम्प्युटर साइन्स/आइटी/इन्जिनियरिङ/बिजनेस एडमिनिष्ट्रेसन वा सम्बन्धित क्षेत्रमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने स्नाकोत्तर उत्तीर्ण गरेकालाई प्राथमिकता दिइने बैंकको भनाइ छ ।
साथै, काम गरेको ४ वर्षको अनुभव हुनुपर्नेछ । इच्छुकले फागुन १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।





















प्रतिक्रिया