Logo

अर्थ

७ महिनामा झण्डै १० खर्बको आयात हुँदा १ खर्ब २७ अर्बको निर्यात



काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिना सम्ममा निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ । भन्सार विभागका अनुसार माघ मसान्तसम्म १ खर्ब २७ अर्ब २० करोड ४८ लाख २९ हजार रुपैयाँ बराबरको वस्तु नेपालबाट विदेश निर्यात भएको छ । जुन गत आवको यसै अवधिको तुलनामा ४६.५० प्रतिशतले धेरै हो । गत वर्ष माघसम्म ८६ अर्ब ८३ करोड ९ लाख १२ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

तथ्यांक अनुसार माघ महिनामा २८ अर्ब ४१ करोड ५५ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । पुस मसान्तसम्म कुल निर्यात ९८ अर्ब ७८ करोड रहेकोमा माघमा यो १ खर्ब २७ अर्बमा उक्लिएको हो ।

विभागका अनुसार आयात व्यापार भने क्रमशः बढ्दै गएको छ । चालू आर्थिक वर्षको ७ महिनाको अवधिमा ९ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको आयत व्यापार भएको हो । यो गत वर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले बढी हो ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार १४:३७   :  बजे

165
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।