Logo

अर्थ

सामान्य अंकले बढ्याे सेयर बजार, ८ अर्ब ६२ करोडमाथिको कारोबार



काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ३.१४ अंकले बढेर २७४३ को विन्दुमा कायम भएको छ । आज ८१ कम्पनीको सेयर मूल्य बढेको छ भने १५८ कम्पनीको मूल्य घटेको छ ।

आज ८ अर्ब ६२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको कारोबार भएको छ । यस कम्पनीको ६५ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३८ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै बराही हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.३५ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार १५:१६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।