नेपाल राष्ट्र बैंकका अनुसार २०८१ पुस मसान्तसम्म ५४ वटा संस्थाहरुले रियलस्टेट क्षेत्रमा दुई खर्ब ७३ अर्ब ६५ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । जुन एक वर्षअघिको तुलनामा २८ अर्ब ६२ करोड १० लाख रुपैयाँ बढी हो । गत वर्ष पुस मसान्तमा रियलस्टेटमा गएको कर्जा रकम दुई खर्ब ४५ अर्ब २० करोड रुपैयाँ थियो ।
गत पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ६७ खर्ब ३७ अर्ब ५८ करोड ३० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ५४ खर्ब २८ अर्ब ६२ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
यस अवधिमा वाणिज्य बैंकहरुले मात्रै ५९ खर्ब ९१ अर्ब सात करोड ८० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ४८ खर्ब सात अर्ब ७१ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
यस अवधिमा वाणिज्य बैंकहरुले रियलस्टेटमा दुई खर्ब २९ अर्ब ९० करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन एक वर्ष अघिको तुलनामा १८ अर्ब ९२ करोड ५० लख रुपैयाँ बढी हो । गत वर्ष पुस मसान्तसम्म वाणिज्य बैंकहरुले प्रवाह गरेको रियलस्टेट कर्जा दुई खर्ब १० अर्ब ९८ करोड ४० लाख रुपैयाँ थियो ।
विकास बैंकहरुले भने चालू आवको पुस मसान्तसम्ममा छ खर्ब १३ अर्ब ६७ करोड ७० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी पाँच खर्ब १७ अर्ब ७४ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा रियलस्टेट क्षेत्रमा मात्र कुल ३२ अर्ब ४२ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
यो कर्जा गत आवको सोही अवधिको तुलनामा आठ अर्ब १० करोड ४० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरुले पाँच खर्ब ८४ अर्ब तीन करोड ६० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी चार खर्ब ९६ अर्ब ९४ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा रियलस्टेट क्षेत्रमा मात्र प्रवाह गरेको कुल कर्जा रकम २४ अर्ब ३२ करोड ३० लाख रुपैयाँ रहेको थियो ।
फाइनान्स कम्पनीहरुले मात्र भने चालू आवको पुस मसान्तसम्ममा कुल एक खर्ब ३२ अर्ब ८२ करोड ७० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी एक खर्ब तीन अर्ब १६ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा रियलस्टेट क्षेत्रमा मात्र कुल ११ अर्ब ३१ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
यो कर्जा गत आवको सोही अवधिको तुलनामा एक अर्ब ५९ करोड २० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरुले एक खर्ब १७ अर्ब ३३ करोड ८० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ९४ अर्ब ५४ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा रियलस्टेट क्षेत्रमा मात्र कुल नौ अर्ब ७२ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । (आर्थिक दैनिकबाट)



















प्रतिक्रिया