Logo

अर्थ

निसान म्याग्नाइट फेसलिफ्ट नेपाली बजारमा



काठमाडाैं । निसानले आफ्नो चर्चित गाडी म्याग्नाइटको नयाँ रुप नेपालमा बिक्री सुरू गरेको छ । निसानको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले ल्याएको यो गाडी डिजाइन, सुरक्षा र आरामका हिसाबले थप परिमार्जन गरिएको उल्लेख गरेको छ ।

शुक्रबारबाट बिक्री सुरू गरिएको यो गाडी दुई फरक इन्जिन र ११ मोडलमा उपलब्ध भएको बिक्रेता कम्पनीले जनाएको छ ।

गाडीको सुरूवाती मूल्य मूल्य ३४ लाख ७५ हजार रूपैयाँ राखिएको छ भने सबैभन्दा महँगो मोडलको मूल्य ५२ लाख ९९ हजार रूपैयाँ छ ।

कम्पनीले यसमा १.० लिटरको दुईवटा इन्जिन विकल्प दिएको छ, जसमा साधारण र टर्बो इन्जिन छन् । बिक्री खुला गर्नु पहिले टेष्ट ड्राइभ गर्ने क्रममा अप्ठ्यारो बाटोमा पनि गाडीले राम्रो पकड बनाएको, अग्लो उकालो चढ्दा इन्जिनले भरपूर शक्ति दिएको बिक्रेता कम्पनीको दाबी छ ।

३६० सराउन्ड भ्यू क्यामरा, स्ट्यान्डर्ड भेरियन्टबाटै ६ एयरब्याग पाउन सकिने म्याग्नाइटमा भेहिकल डाइनमिक कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल सिस्टम, हिल स्टार्ट असिस्ट, हाइड्रोलिक ब्रेक एसिस्ट र टायर प्रेशर मोनिटरिङ सिस्टम उपलब्ध छ ।

यसअघिको म्याग्नाइटले ग्लोबल क्र्यास टेस्टमा फोर स्टार रेटिङ पाएको थियो । निसान म्याग्नाइट फेसलिफ्ट राम्रो माइलेज दिने, सुरक्षित, बलियो र आकर्षक भएकोले नेपाली बजारमा राम्रोसँग प्रतिस्पर्धा गर्न सक्ने अपेक्षा बिक्रेता कम्पनीको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार १७:१२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।