विराटनगर । ताप्लेजुङमा केबलकार निर्माणका पक्ष र विरोधमा प्रदर्शन गर्ने समूहहरूबीच दिनहुँ झडपको स्थिति सिर्जना भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । आज बिहान ५ बजेबाट अर्को सूचना नआउन्जेलसम्म निषेधाज्ञा लागू हुने प्रमुख जिल्ला अधिकारी (CDO) नेत्रप्रसाद शर्माले जानकारी दिए ।
जुलुस, धर्ना, सभा लगायतका गतिविधिहरू रोक लगाइएको छ । ५ जनाभन्दा बढी व्यक्तिहरूको समूह भेला हुन पाइने छैन । निषेधाज्ञा फुंगलिंग नगरपालिका बजार क्षेत्रका पूर्व सल्लेरी, पश्चिम घोडे चौर, उत्तर उकाली पानी र दक्षिण शेर्पा टोल क्षेत्रसँगै, केबलकार निर्माण भइरहेको काफ्ले पाटी क्षेत्रमा पनि लागू गरिएको छ ।
केबलकार निर्माणको पक्षमा रहेका स्थानीयहरूले आन्दोलन शुरु गरेपनि “नो केबलकार” पक्षले विरोध गर्दै केबलकार निर्माण रोक्नको लागि प्रदर्शन गर्दै आएका छन् । स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको जनाएको छ ।





















प्रतिक्रिया