Logo

समाचार

अब नेपाली रेडियो एक कदम अगाडि !



काठमाडौं । हामी नेपालीहरूको लागि सूचनाको सहज पहुँच सुनिश्चित गर्न, नेपाली रेडियोका कार्यक्रमहरू अब आफ्नो समयअनुसार सुन्न सकिन्छ । देश–विदेशमा रहेका नेपालीहरूका लागि लोकप्रिय नेपाली रेडियो कार्यक्रमहरू श्रोताहरूको समयानुकूल नहुँदा, रेडियोबाट प्रसारित हुने महत्त्वपूर्ण सूचनाहरू छुट्ने गर्थ्यो ।

यस समस्यालाई पहिचान गरी नेपालको पहिलो डिजिटल पात्रो ‘नेपाली पात्रो’ ले समाधानसहितको सुविधा ल्याएको छ । नेपालमा पहिलोपटक, नेपाली रेडियोबाट प्रसारित हुने कार्यक्रमहरू नेपाली पात्रोमा श्रोता मित्रहरूको समय अनुसार सुन्न सकिन्छ । सम्बन्धित रेडियोको पछिल्लो ४८ घण्टाका कार्यक्रमहरू नामसहित अडियोमा उपलब्ध हुने जानकारी नेपाली पात्रोले दिएको छ । यसको लागि, नेपाली पात्रो डाउनलोड गरेर रेडियो फिचरमा सम्बन्धित रेडियोको पेजमा छुटेका तथा प्रसारित कार्यक्रमहरूको नाम तथा प्रसारण समय उपलब्ध छ ।

नेपाली प्रयोगकर्ताहरू माझ स्पष्ट, विश्वसनीय पात्रो, पञ्चाङ्क, राशिफल तथा सार्वजनिक बिदाहरू साथै नेपालका लोकप्रिय समाचार स्रोतबाट निरन्तर समाचार अपडेट गर्ने नेपाली पात्रो गुगल प्ले स्टोरमा ४.३ स्टार रेटिङसाथ लोकप्रिय भएको देखिन्छ । नेपालका चार सयभन्दा बढी लोकप्रिय रेडियोहरूबाट सूचना, जानकारीमूलक तथा मनोरंजनात्मक सामग्री सुन्न सकिन्छ । पेट्रोलियम पदार्थको मूल्य, विनिमय दर, सुनचाँदीको मूल्यसूची, तरकारीको बजार भाउ जस्ता दैनिक आवश्यकताका फिचरका कारण एपमा सक्रिय प्रयोगकर्ताको संख्या पनि उल्लेखनीय छ ।

“हामी ‘नेपाली पात्रो’ लाई अझ उपयोगी तथा प्रयोगकर्ता मैत्री बनाउन नयाँ प्रविधिको प्रयोगमा काम गर्दै सुरक्षित प्रविधि प्रयोगको सुनिश्चितता गर्दछौँ । साथै, प्रयोगकर्ताहरूको सल्लाह सुझाबलाई आत्मसाथ गर्दै अगाडि बढेको यस एप्लिकेसनले आगामी दिनहरूमा पनि तपाईंहरूको सल्लाह सुझावलाई अनुसरण गर्दै अगाडि बढ्नेमा पूर्ण विश्वास दिलाउन चाहन्छौँ,“ नेपाली पात्रोले प्रेस–विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आईतवार १४:१३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।