Logo

अर्थ

११ अंकले बढ्याे बजार, कारोबार रकम साढे ११ अर्बमाथि



काठमाडौं । आज सेयर बजार बढेको छ । नेप्से परिसूचक ११.६६ अंकले बढेर २७५५ को विन्दुमा कायम भएको छ । आज ९१ कम्पनीको सेयर मूल्य बढेको छ भने १४८ कम्पनीको मूल्य घटेको छ ।

आज ११ अर्ब ५४ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ९५ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै रिलायन्स फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । यसका लगानकिर्ताले ७.२४ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आईतवार १५:१७   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।