काठमाडौं । पाथीभरा (मुकुम्लुङ)मा केवलकार निर्माणको विषयलाई लिएर उत्पन्न विवादले उग्ररूप लिएपछि हास्यकलाकार मनोज गजुरेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै यस्तो दनक दिएका छन् ।
गजुरेलले फेसबुक स्टाटसमा लेखेका छन्, “प्रसिद्ध धार्मिक क्षेत्रमा सुरक्षाकर्मी र सर्वसाधारण घाइते हुनु सुखद संकेत होइन । अहिले केवलकार नबन्दा केही बिग्रिँदैन, तर शान्ति, सद्भाव, र सांस्कृतिक एकता बिग्रिए भने धेरै कुरा बिग्रिन्छ ।”
उनले विवाद बढ्ने खालका गतिविधि नगर्न आग्रह गर्दै भनेका छन्, “निर्माण पक्ष पछाडि हट। परिस्थितिलाई थप बिग्रन नदेऊ । विवाद र विरोधबीच ल्याइएको विकासले दीर्घकालीन निकास दिँदैन। जनभावनाको कदर गर ।”
पाथीभरा केवलकार निर्माणको पक्ष र विपक्षमा विभिन्न तर्क भइरहेका बेला गजुरेलले शान्ति, सद्भाव, र जनभावनाको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् ।
छुटाउनु भयो कि ?
चन्द्र ढकाल ज्यू ‘रगत बगाएर, दाजुभाइ फुटाएर के-को विकास : कार्टुनिष्ट माड्साब
पाथीभरामा गोली हान्न आदेश दिने सिडीओ शर्मालाई मन्त्रालय तानेर कारबाही गर्ने तयारी
पाथीभरामा केवलकार बनाउने ढकालको हुटहुटी कायमै: धर्ममा अनास्था, व्यापार किन धार्मिक क्षेत्रमै ?
चन्द्रागिरी केबलकार जग्गा प्रकरण : भ्रष्टाचारको अर्को डरलाग्दो अध्याय
ग्लोबल आइएमई बैंकका शाखा बन्द गर्न १९ संगठनको अल्टिमेटम, चन्द्र ढकाललाई चेतावनी




















प्रतिक्रिया