Logo

अर्थ

ललितपुरमा त्रिशक्ति सेक्युरिटिजको शाखा विस्तार



काठमाडौं । त्रिशक्ति सेक्युरिटिज लिमिटेडले ललितपुरमा शाखा विस्तार गरेको छ । कम्पनीका अनुसार ललितपुर महानगरपालिका-५ स्थित जावलाखेलमा आफ्नो ५औं शाखा स्थापना गरेको हो ।

कार्यक्रममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अध्यक्ष शोभाकान्त पौडेलले सेयर बजारको जोखिम तथा प्रतिफलबारे आफ्नो धारणा राखेका थिए ।

नेपालमा पूँजीबजारको धेरै सम्भाव्यता रहेको र क्रमशः धेरै कुराको विकास भइरहेको उनले बताए । हालै पूँजीबजारको विकासमा ब्रोकर कम्पनीहरूको योगदान उल्लेखनीय रहेको बताउँदै उनले त्रिशक्ती सेक्युरिटिजको सेवा विस्तारले लगानीकर्तालाई अझ सहजता दिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा लगानीकर्ता दीपक रिमालले सेयर बजारको महत्त्व तथा औचित्यता माथि प्रकाश पारेका थिए ।

कार्यक्रममा कम्पनीका मेनेजिङ्गी डाइरेक्टर गोविन्द दाहालले सेवा विस्तारमार्फत् लगानीकर्ताको पहुँचलाई सहज तुल्याउने प्रतिबद्धता जनाउँदै सम्पूर्ण लगानीकर्तालाई उत्कृष्ट सेवा प्रदान गर्ने आश्वासन दिए ।

कार्यक्रमको अध्यक्षता कम्पनीको संस्थापक अध्यक्ष टंकप्रसाद गौतमले गरेका थिए ।

कम्पनीले यसअघि पुतलीसडक केन्द्रीय कार्यालयका अतिरिक्त पोखरा, महेन्द्रनगर, हेटौंडाबाट डिम्याट, टीएमएस लगायतमा सेयर कारोबार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार १०:२७   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।