काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सञ्चालक पदका लागि १३ जनाको उम्मेदवारी परेको छ । बैंकको सञ्चालक पदका लागि १३ जनाले आवेदन दिएको निर्वाचन अधिकृत शिव कुमार श्रेष्ठले बताए ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार बैंकको सञ्चालक बन्न संस्थापक सेयरधनीहरूको समूहबाट ७ जना र सर्वसाधाण सेयरधनीहरूको समूहबाट ६ जना गरी १३ जनाले उम्मेदवारी दिएका हुन् ।
बैंकको संस्थापक सेयरधनीहरूको समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी पृथ्वी बहादुर पाँडेले उम्मेदवारी दिएका छन् । उनी हाल पनि बैंकको अध्यक्षका रूपमा कार्यरत छन् ।
यस्तै, दिपंकर शाक्य उदय, पर्वत कुमार कार्की, प्रजन्य राजभण्डारी, सूर्य प्रकाश लाल श्रेष्ठ, किरण प्रकाश पाण्डे र मदन कुमार आचार्यले उम्मेदवारी दिएका छन् ।
सर्वसाधाण सेयरधनीहरूको समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न कवि कुमार टिवरेवाला, शालिक राम बेल्वासे, विकाश थापा, बरुण श्रेष्ठ, बन्दना पाठक र बन्दना थापाले आवेदन दिएका छन् ।
बैंकले संस्थापक सेयरधनीसमूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्तावसहित फाल्गुन १५ गते ३८औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।




















प्रतिक्रिया