Logo

धर्म / संस्कृति

पाथीभरामा केबलकार निर्माण स्थगित, वार्तामा आउन पुनः आह्वान



काठमाडौं । व्यापारी चन्द्र ढकालले पाथीभरा बलजफ्ती निर्माण गर्न लागेको केबलकार निर्माण कार्य तत्कालका लागि स्थगित गरिएको छ ।

सरकारले आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताको माध्यमबाटै उक्त केबलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एवं वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आह्वान गरेको हो ।

सरकारले गत माघ १० गते गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा सरकारी वार्ता टोली गठन गरेको थियो । तर ६ बुँदे सहमति विपरीत उक्त स्थानमा केबलकार निर्माण सुरु गरेपछि नो केबलकार समूह आन्दोलित बनेको थियो। जसका कारण पाथिभरा तनावग्रस्त छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार १८:५१   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।