काठमाडौं । पूर्वराजाको फागुन ७ गतेको सन्देशले सडकदेखि संसदसम्म तरङ्गित भएको छ । देश रक्षाका लागि ‘सहयोग गर्न आह्वान’ गरेको विषयले भ्रष्ट संघीय गणतन्त्र हल्लिएको छ ।
बिरलै बोल्ने कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले गणतन्त्रमाथि आक्रमण स्वीकार्य छैन भनिन्, एमालेका गोकुल बास्कोटा, ईश्वर रिजाल, माओवादीका छिरिङ ल्हामुले राजतन्त्र फर्कदैन भनेपछि राप्रपाका राजेन्द्र लिङ्देन देखि ज्ञानबहादुर शाहीले कडा प्रतिवाद गरेका थिए ।
आफ्नो सन्देशमार्फत देशको अवस्था खस्किँदै गएकाले चुप लागेर बस्न नसक्ने बताएका पूर्वराजालाई पार्टी खोल्ने र चुनाव जितेर प्रधानमन्त्री बन्न भनेपछि ज्ञानेन्द्र शाहीले राजतन्त्र कि गणतन्त्र भनेर जनमत संग्रह गर्न चुनौती दिएका थिए ।
परिवर्तन चाहने, हल्लिरहने ?
पहरा फोड्न कुहिनाले होइन, हम्मर चाहिन्छ । यो बुझेका बुझकी डा. जगमान गुरूङ, राजेन्द्र लिङ्देन, कमल थापा, दुर्गा प्रसाई, केशरबहादुर विष्ट, अनिल बस्नेत, बालकृष्ण न्यौपाने, डा. सुरेन्द्रकेसी, भरत दाहाल, स्वागत नेपालहरू किन एक्ला एक्लै गर्जिरहेका छन् ।
गर्जेर यो व्यवस्था आएको होइन, गर्जदैमा यो व्यवस्था ढल्दा पनि ढल्दैन । हुलहुज्जत गरेर आएको यो व्यवस्था भनेको भ्रष्टहरूको हुल हो, सलहको जस्तो हुल नबनी यो व्यवस्था ढाल्न सकिन्न ।
फेरि किन राजतन्त्र र हिन्दुवादीहरू एक भइरहेका छैनन् । १८ वर्षदेखि कोठे र टुक्रे आन्दोलन गरेर आत्मरती गरिरहेका छन् । यसै भन्छन्– राजनीतिक विश्लेषकहरू ।
भ्रष्ट मण्डली धेरै बाठो छ, यो मण्डलीलाई थाहाँ छ, बिरोधीहरू एक हुनै सक्दैनन् । हुन पनि ६ दर्जनभन्दा बढी व्यक्ति र संस्था खोलेकाहरूको साझा शुत्र एउटै छ तर बिद्रोह गर्न एक हुनै सक्दैनन् ।
राजा देख्यो कि जिन्दावाद भन्ने यो समूहले राजतन्त्र पुनस्र्थापना गराउँछ भन्ने विश्वास भ्रष्ट मण्डलीलाई छैन । एक्ला एक्लै उफ्रेर, चिच्याएर केही हुन्न । पहरामा ठोक्किन्छ, फर्कन्छ । एक भएर अर्थात हम्मर बनेर हान्ने हो भने यो भ्रष्ट पहाड धुलिसात हुन्छ । वीरका सन्तानहरू कहिले एक हुने ?
अब त जस्तो सुकै त्याग गर्नुपरे पनि तैयार छु भनेर पूर्वराजाले अग्रसरता देखाइसकेपछि पनि नागरिकहरू नतात्ने ? कहिले तात्ने ? अहिले नलडे कहिले लड्ने ? आँट छ भने अग्रसर हुने बेला यही भनिदैछ आजको गोरखा एक्सप्रेसमा समाचार छ ।





















प्रतिक्रिया