काठमाडाैं । फागुन कृष्णपक्ष त्रयोदशी र चतुर्दशीसन्धि रात्रिका रुपमा आज देशभर महाशिवरात्री पर्व मनाइदैछ । देशभरका शिवालय, नदी कुण्ड तथा तलाउमा शिव भगवानको पूजा, आराधना एवं दर्शन गरी शिवरात्री पर्व मनाइदैछ ।
हिन्दुहरुको प्रमुख चाड मध्ये महाशिवरात्री पर्व एक हो । आज पशुपति, डोलेश्वर तथा देशका अन्य प्रमुख शिव मन्दिरहरुमा बिहानैदेखि पूजा गर्न श्रदालु भक्तजनहरुको घुइचो हुने गर्छ ।
आज शिवरात्रीका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । आज सेयर बजार लगायतका सरकारी कार्यालय, वित्तीय संस्था तथा शैक्षिक संस्थाहरु बन्द रहेन छन् ।















प्रतिक्रिया