काठमाडौं । सत्ता हाँक्ने समूह र त्यसको खबरदारी गर्नेबीच सामञ्जस्यको अभावमा एक अर्कामाथि प्रहार भइरहेकै बेला सत्ताधारी दलहरुले हालै ल्याएको अध्यादेश संसदबाट पारित गराउने निर्णय गरे पछि हलचल बढेको छ ।
संसद रोकेर माघ १८ गते जारी ती ६ वटा विधेयक मध्ये भूमि सम्बन्धी विधेयकले बढी चर्चा बटुले भने बाँकी ५ विधेयक पनि दल पिछे धारणा बन्दै विवाद श्रृजना गरेको छ । यो बीचमा संसद बैठक अह्वान भई यो अध्यादेशको विषयले संसद तताएको छ ।
राष्ट्रिय सभामा अध्यादेश पारित गर्न सरकारी पक्षको बहुमत नपगेपछि संसदमा निर्णयार्थ पेश गर्न सरकारले ढिला गरेको छ । भनिन्छ यसमा सरकार अल्पमतमा छ । यो तर्क गलत भन्नेहरुले विधेयक पारित गरेको अवस्था दर्शाउँदैन ।
यसबाट सरकार अल्पमतमा रहेको पुष्टि हुन्छ । सरकारी पक्ष आफ्नो बहुमत जुटाउन कसरत गरिरहेकै बेला अमेरिकामा खर्वपति ब्यापारी एलोन मक्सको नेतृत्वमा रहेको अमेरिकाको सरकारी दक्षता विभाग (डज) ले अमेरिकी सरकारको खर्चमा ब्यापक कटौतीको घोषणा गरे लगत्तै अमेरिकी प्रशासनले नेपाल लगायत भारत, बंगलादेश र अन्य देशलाई प्रदान गर्दै आएको आर्थिक सहयोगमा रोक लगाएको छ ।
यो रोकले नेपाल जस्तो साना राष्ट्रलाई ठूलो धक्का लागेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश पश्चात अमेरिकाले सहयोग गर्ने मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्र्तगतको परियोजना रोकिएको छ । यद्यपि अर्थमन्त्री विष्णु पौडेको सचिवालयले तीन महिनाको लागि एमसीसी नेपाल कार्यक्रम रोकिएको जनाएको छ । नेपाली पक्षले तीन महिनापछि सहयोग खुल्ने नै आशा लगाएको छ ।
तर, ट्रम्पकै कार्यकारी आदेश (जनवरी २० तारिख २०२५ मा जारी सहयोग स्थगन) ले बन्द भएको सहयोग पुनः खुल्ने भन्न कठिन छ । २०७४ भदौ २९ गते नेपाल सरकार र एमसीसी बीच सम्पन्न सम्झौताले २०८० भदौ १३ गतेदेखि उक्त परियोजना कार्यान्वयनमा आएको हो ।
प्रारम्भिक सम्झौतामा ६९ करोड ७० लाख डलर (हालको नेपाली ९२ अर्व जति) को परियोजनामा अमेरिकी सरकारले ५० करोड डलर र नेपाल सरकारले १९ करोड ७० लाख डलर व्यहोर्ने उल्लेख थियो । यसमा अमेरिकाको सरकारले थप ५ करोड डलर दिने घोषणा पनि भएको थियो ।
कार्यक्रम लागू भए यता ५ वर्ष भित्र ३१५ कि.मि. विद्युत प्रशारण लाइन र ७० कि.मि. सडक विस्तारको योजना राखिएको छ । यसमा एमसीसी नेपाल कार्यालयले तीन वटा सब स्टेशका निम्ति ठेक्का सम्झौता पनि गरिसकेको छ ।
ठेक्का अनुसार नवलपरासी पश्चिम सब स्टेशन निर्माणका लागि सम्झौता र रातमाटे नुवाकोट सब ेस्टेशन बनाउन ठेक्का सम्झौता भइसकेको छ । यसैगरी दमौली तनहुँ सब स्टेशन बनाउन सम्झौता पनि भएको छ ।
यी सम्झौताहरुमा करोडौं डलर खर्च गरिने भएको छ । तर, यता ठेकेदारहरुसँग ठेक्का, सम्झौता भई काम गर्ने बेला “खाना खाने बेलामा मुखमा हाल्ने गाँस खोस्ने” रोक्का भए पछि अलमल र अन्योल ब्याप्त छ । भनिन्छ, जे जति काम भएको छ त्यसबाट पनि रकम असुल गर्ने कुरा चुहिएकोछ । बुझ्नु पर्ने कुरा के छ भने कुनै पनि ठेक्का पट्टा लिँदा र लगाउँदा भित्री तवरमा लेनदेन चलखेल हुने गर्दछ ।
यसमा पनि त्यस्तो भएको हुनु पर्दछ । अब लेनदेन भएकोे भए असुल उपर गरिने अवस्थामा विवाद र झगडामा नेपाली पक्ष मुछिने निश्चित छ । असुल उपर त आफ्नो ठाउँमा छ । नेपाली जनता प्रत्यक्ष मारमा पर्ने अवस्था आएको छ । २९७ कि.मि. प्रशारण लाइनका लागि यो वर्ष फेरि बोलपत्र आह्वान गरिने तयारी थियो । ती सबै तयारी गोलाबारीमा पुग्यो ।
यसअघि सडक मर्मत सम्भारका लागि दुई वटा खण्ड पहिचान गरी स्वीकृत भैसकेको थियो । जग्गाको मुआब्जा दिन नेपालका ९ जिल्ला मुआब्जा निर्धारण समिति गठन गरिएको थियो ।
बाटोमा पर्ने रुख कटान गर्न ९ वटै जल्लामा रुख गणना कार्य पनि सकेको थियो । अहिले ती सबै ठप्प गर्ने बेला आउनु निराशाजनक हो नि । यता नेपालले वित्तीय संघीयताको नाममा प्राप्त गर्दै आएको दुई करोड डलरको सहयोग पनि राकिएको छ ।
माइक्रो ब्लगिङ्ग वेब साइट एक्समा अमरिकी मस्कको विभागले गरेको एउटा पोष्टमा वित्तीय संघीयताका अतिरिक्त जैविक विविधता संरक्षणका लागि नेपाललाई दिइने एक करोड ९० लाख डलरको सहयोग पनिे बन्द गरिएको खबर अपर्णमा उल्लेख छ ।
अमेरिकाले युएसआईडी मार्फत सन् २०२२ यता नेपाललाई प्रत्येक वर्ष औषत १२ करोड ५० लाख अमेरिकी डलर अर्थात १७ अर्व २९ करोड रुपैयाँ उपलब्ध गराउँदै आएको थियो । ती सबै प्रभावित हुने स्थिति अमेरिकाको खर्च कटौती नीतिले भएको हो ।
संसारमा सबैभन्दा बढी अमेरिकाले सहयोग गर्दै आएको थियो जुन प्रतिवर्ष ६८ अर्व अमेरिकी डलर भन्दा बढी रहेको तथ्यांक छ । अमेरिकाले भूकम्प पछिको अनुदानमा पनि १९ करोड डलर नेपाललाई सहयोग गरेको थियो । सन् २०२२ मा भएको ५ वर्ष रणनीतिक सम्झौतामा सन् २०२७ सम्म ६५ करोड ९० लाख अमेरिकी डलर नेपालले अुनदान प्राप्त गर्ने वाला थियो ।




















प्रतिक्रिया