Logo

समाचार

भूतपूर्व गोर्खा सैनिकको नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने सांसद आले मगरकाे माग



काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुरेश आले मगरले भूतपूर्व गोर्खा सैनिकको नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने माग गरेका छन् ।

‘भूतपूर्व गोर्खा सैनिकहरूको वंशजको नागरिकतालाई एनआरएनलाइ जस्तै निरन्तरता नदिने भन्ने खालको कुराकानी भइरहेको छ । सादय कानुन पनि त्यसअनुसार बनेको छ।’ उनले भने ।

तर, भूतपूर्व गोर्खा सैनिकको नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने उनको माग छ । ‘भूतपूर्व गोर्खा सैनिकहरू वंशजको नागरिकताको निरन्तरता चाहन्छन्, उनीहरू एनआरएनए जस्तै वंशजको नागरिकताको अन्त्य चाहँदैनन् । त्यसैले यो कुराको सम्बोधन गरियोस्,’ आइतबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै उनले भने ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आईतवार १३:४९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।