Logo

बैंकिङ

महालक्ष्मी बैंक र एसआरएल. डायगनोस्टिक (नेपाल) बीच स्वास्थ्य सेवा प्रदान सम्बन्धमा सम्झौता  



महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले एस. आर. एल. डायगनोस्टिक (नेपाल) प्रा. लि. सँग सम्झौता गरेको छ । 
सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु तथा कर्मचारीहरुले एस. आर. एल. डायगनोस्टिक (नेपाल) प्रा. लि. मा उपचार गराउँदा प्रयोगशाला परिक्षणमा छुट प्राप्त गर्न सक्नेछन् । साथै बैंकको डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु तथा कर्मचारीहरुले प्रयोगशालाका सम्पूर्ण परिक्षणमा १५% आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट महाराजगंज शाखाका प्रमुख श्री पल्लभ श्रेष्ठ र कम्पनीका तर्फबाट नायब बजार प्रमुख श्री अजय यादव ज्यूले हस्ताक्षर गर्नु भएको हो । 

देशभरी १०३ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार १६:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।