Logo

अर्थ

४६ अंकले घट्याे सेयर बजार, १० अर्ब नाघ्यो कारोबार



काठमाडौं । आज सेयर बजार भारी अंकले घटेको छ । नेप्से परिसूचक ४६.३३ अंकले घटेर २७७२ को विन्दुमा कायम भएको छ ।

आज २३ कम्पनीको सेयर मूल्य बढेको छ भने २१७ कम्पनीको मूल्य घटेको हो ।

आज १० अर्ब ९ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रि-इन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको १ अर्ब १२ करोडको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आईतवार १५:१४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।