Logo

समाचार

काठमाडौं उपत्यका बन्याे विश्वकै तेस्रो प्रदूषित सहर



काठमाडौं । काठमाडौं सहर विश्वका बढी वायु प्रदूषित सहरमध्ये तेस्रो स्थानमा परेको छ । आज काठमाडौंको एयर क्वालीटी इन्डेक्स (एक्यूआई) १९७ पुगेको छ ।

सबैभन्दा धेरै भियतनामको हानोई सहर वायु प्रदूषणको १ नम्बरमा परेको छ । हानोइको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २४५ पुगेको छ । दोस्रो नम्बरमा भारतको दिल्ली सहर छ । यहाँको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २०३ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५० एक्यूआई सम्मलाई सामान्य मानिन्छ । त्यसभन्दा माथिको गुणस्तर एक्यूआई अस्वस्थकर हुने चिकित्सकको भनाइ छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार १३:५७   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।