काठमाडौं । नेपाली कांग्रेसका युवा नेता, सदाबहार मिडियाद्वारा सञ्चालित नेपालबहस डटकमका अध्यक्ष एवं प्रधानसम्पादक, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा कांग्रेस सूचना संचार तथा प्रचार विभागका सदस्य इन्द्रबहादुर रिजाललाई पितृशोक परेको छ ।
रिजालका पिता डिल्लीराज रिजालको फागुन २७ गते मंगलबार राती ९ बजे निधन भएको हो । स्याङजा जिल्लाको विरुवा गाँउपालिका वडा नं ८ स्थित आफ्नै निवासमा ८१ वर्षको उमेरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । रिजाल लामो समयदेखि मुखको क्यान्सर रोगबाट पीडित थिए । लामो समयको उपचारपछि उनलाई चिकित्सकको सल्लाहमा केही दिन अघि मात्र विरुवास्थित निवासमा लगिएको थियो ।
स्वार्गिय रिजालले नेपाली कांग्रेसले चलाएको आन्दोलनमा स्वतन्त्र सेनानीका रुपमा महत्वपूर्ण भूमिका निभाएका थिए । उनी साविकको मनकामना गाविसको सदस्यसमेत भएका थिए । स्वास्थ्य सेवामा लामो समय सेवारत रहेका उनी कांग्रेसको जिल्लास्तरमा परिचित व्यक्तिका रुपमा थिए भने विभिन्न समाज सेवाका क्षेत्रमा पनि उनले भूमिका निभाएका थिए । स्वार्गिय रिजालका पत्नीसहित एक छोरा र दुई छोरी हुन् ।




















प्रतिक्रिया