Logo

प्रमुख समाचार

पाथीभरा केबलकार विवाद: सरकारद्वारा ‘नो केबलकार’ समूहलाई पुनः वार्तामा आह्वान



काठमाडौं । सरकारले पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकार परियोजनाको विरोध गरिरहेको ‘नो केबलकार’ समूहलाई पुनः वार्तामा बोलाएको छ । यसअघि दुई पटक वार्ताका लागि गृह मन्त्रालयले आग्रह गरे पनि विपक्षी समूह सहभागी नभएपछि सरकारले पुनः संवादको अवसर प्रदान गर्न लागेको हो ।

सरकारले गृह मन्त्रालयका सहसचिव प्रेम प्रसाद भट्टराईको नेतृत्वमा वार्ता समिति गठन गरेको छ । समितिले विरोधरत पक्षहरूसँग विभिन्न चरणमा छलफल गरे पनि हालसम्म सहमति जुट्न सकेको छैन ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार १५:०१   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।