काठमाडौं । सरकारले नेपाल प्रहरीको ३१ औं आईजीपी सोमबार नियुक्त गर्ने भएको छ । ३० औं आईजीपी वसन्त कुवरको चैत ५ गतेबाट अनिवार्य अवकाश हुने भएपछि सोमबार बस्ने मन्त्रिपरिषदको बैठकबाट ३१ औं आईजीपी चयन गर्ने भएको हो । कुँवरसँगै अन्य ९ जना उच्च अधिकृत पनि प्रहरी सेवाबाट बिदा हुनेछन् ।
झन्डै ८० हजार जनशक्ति रहेको आन्तरिक सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरी मंगलबारबाट नयाँ नेतृत्व पाउँदै छ । प्रहरीको ३१ औं प्रहरी प्रमुखको चयनलाई गठबन्धन सरकार भएकाले केही ढिलाई भएको हो । आइजिपी कुँवरकै ब्याचको वैकल्पिक टोलीका तीन एआईजी प्रहरीको ३१औँ आईजीपीको मुख्य दाबेदार छन् । जसमा एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ छन् ।
उनीहरुलाई बिदाई गर्नुअघि नै सरकारले प्रहरी महानिरीक्षक (आईजी) नियुक्त गर्नुपर्ने प्रचलनलाई सोमबार बस्ने मन्त्रीपरिषद्ले नयाँ आईजीमा बढुवा गर्नुपर्ने हुन्छ । त्यसका लागि वर्तमान एआईजी दीपक थापा सबैभन्दा बलिया दाबेदार हुन् । अन्य दुई प्रतिस्पर्धी एआईजीहरु सुदीप गिरी र टेकबहादुर तामाङभन्दा एक महिना सिनियर भएका कारण थापाले आउने ६ महिनाका लागि संगठनको नेतृत्व गर्ने प्रबल सम्भावना रहेको छ । आईजीपी कुँवरसँगै एआईजीहरु टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुवेर कडायत र जनक भट्टराईले अवकाश पाउँदैछन् । डीआईजीजीहरू गणेश चन्द, ध्रुवराज राउत र भोला रावलले पनि भोलिदेखि संगठनबाट औपचारिक विदाई गर्नेछ ।
नेपाल प्रहरीको १०८ औं ब्याजलाई विशिष्ट ब्याचको रुपमा मान्न सकिन्छ । २०५१ साल चैत ५ गते प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट संगठनमा प्रवेश गरेका ५२ जनामध्ये १६ जना विशिष्ट श्रेणीसम्म पुग्न सफल भएका छन् । सोही ब्याचका अन्तिम ९ जनाले भोलि अर्थात् यही चैत ४ गते मध्यरातदेखि बर्दी बिसाउँदैछन् । प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरसहित ५ जना अतिरिक्त प्रहरी महानिरिक्षक (एआईजी) र ३ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरुले ३० वर्षे सेवा अवधिका कारण सोमबार मध्यरातदेखि अनिवार्य अवकाश पाउन लागेका हुन् ।
आईजी कुँवरको १०८ औं ब्याजमा सेवा प्रवेश गरेका ५२ जनामध्ये १६ जना विशिष्ट श्रेणीसम्म पुगेका छन् । ५२ जना इन्स्पेक्टरमा भर्ना भएका मध्ये नेपाल प्रहरीमा ५० जना र दुईजनालाई विशेष प्रहरीमा भर्ना लिइएको थियो । यो ब्याचबाट एआईजी अर्थात् विशिष्ट श्रेणीमा पुग्नेहरूमा टेकप्रसाद राई, सन्दीप भण्डारी, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, उमेशराज जोशी, मीरा चौधरी, रामदत्त जोशी, बुद्धिराज गुरुङ, किरण राणा, भरतबहादुर बोहरा, केदार ढकाल, दुर्गा सिंह, कुवेर कडायत, रवीन्द्र केसी र जनक भट्टराई रहेका छन् ।
एआईजीहरू भण्डारी, ज्ञवाली, बज्राचार्य, जोशी, चौधरी, रामदत्त जोशी, राणा, बोहरा, ढकाल र केसीले यसअघि नै अवकाश लिइसकेका छन् । उनीहरुको अवकाशसँगै सिआइबीमा कार्यरत रहेका एआईजी दीपक थापाले कमाण्ड बुझ्ने प्रायः निश्चित जस्तै छ । थापाले इन्स्पेक्टर दर्जादेखि एआईजीसम्म, उनले २० भन्दा बढी युनिटको नेतृत्व गरिसकेका छन् । नेतृत्व क्षमताको आधारमा सबभन्दा बढी युनिट कमाण्ड गर्ने अफिसर को रूपमा उनी परिचित छन ।
एआईजी भएपछि उपत्यका प्रहरी कार्यालयको प्रमुख, प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग प्रमुख भई कार्यसम्पादन गरेका थिए । हाल केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को नेतृत्व सम्हालिरहेका छन् । प्रशासन विभागमा हुँदा कार्यसम्पादनमा उत्कृष्टता हासिल गरेर पुरस्कृत समेत भएका थिए ।
डीआईजीमा हुदकका बागमती प्रदेश प्रहरी प्रमुख, प्रहरी प्रधान कार्यालयको प्रबन्ध विभाग प्रमुख र एसएसपीमा, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखा प्रमुखका साथै एसपी पदमा हुदकका उनि जिल्ला प्रहरी कार्यालय, चितवन प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका बुटवल र कोहलपुर सम्पर्क कार्यालय प्रमुख र डीएसपी पदमा जिल्ला प्रहरी कार्यालय, खोटाङ प्रमुख, काठमाडौं प्रहरी वृत्त महाराजगन्ज प्रमुख, रुपन्देही इलाका प्रहरी कार्यालय प्रमुख, इन्स्पेक्टर पदमा नेपाल प्रहरी विद्यालयका साँगा (काभ्रे), गरुडा (रौतहट) र धनगढी (कैलाली) समादेशक र ११ वर्ष इन्स्पेक्टर दर्जामा रहँदा २० फरक युनिटको नेतृत्व गरिसकेका अफिसर हुन् ।
थापा व्यापक नेतृत्व अनुभव, कमाण्ड कन्ट्रोलको उत्कृष्ट ट्रयाक रेकर्ड, तथा प्रहरी संगठनभित्रको प्रभावशाली छवि भएका अफिसर हुन । उनी नेतृत्व गरेको सबै जसो युनिटमा महत्त्वपूर्ण उपलब्धि हासिल भएका छन् । जसका कारण आईजीपी पदका लागि बलियो उम्मेदवारका रूपमा हेरिएको छ । हाल चर्चामा रहेको नुवाकोटस्थित शेरा दरवारक्षेत्रले ओगटेको १ सय ६४ रोपनी जग्गाको अनुसन्धान एआइजी थापाकै नेतृत्वमा रहेको सीआईबीको टोलीले गरेको थियो ।
त्यसैगरी एआईजी तामाङ पनि आइजीपीको दावेदार हुन् । प्रहरी निरीक्षकका रूपमा सेवा प्रवेश गरेका तामाङ ले विभिन्न युनिटहरूको कमाण्ड गरेका छन् । इलाका प्रहरी कार्यालय फापरवारी ,गजुरी ,लैनचौर वृत्त प्रमुखर वडा प्रहरी कार्यालय सानेपा प्रमुख भएका उनि डीएसपी पदमा रहदकका जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र खोटाङ प्रमुख ,इलाका प्रहरी कार्यालय धरान प्रमुख र कालीमाटी प्रहरी वृत्त प्रमुख भएका थिए । एसपी पदमा रहदकका जिल्ला प्रहरी कार्यालय बाँके प्रमुख र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लामो समय सेवा गर्दै एसएसपी पदमा बढुवा भएपछि भने नेपाल प्रहरी तालिम केन्द्र, विराटनगर प्रमुख भएका थिए । उनी कुशल गीतकार पनि हुन् ।
यस्तै सुदीप गिरी आईजीपीका लागि अर्का दाबेदार हुन् । कालिमाटी वृत्त, जिल्ला प्रहरी कार्यालय रसुवा, पर्सा, कैलाली, र काठमाडौं परिसरको बसेका छन् । साथै, उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा समेत जिम्मेवारी बहन गरिसकेका छन्। उनले २५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमहरू लिइसकेका छन् । विशेषगरी, इन्टेलिजेन्स अनुसन्धान र अपरेशनल कमान्डमा दख्खल छ । प्रहरी निरीक्षकदेखि डीआईजी सम्मको कार्यकालमा विशेष ब्युरोमा १३ वर्ष काम गरेका गिरी प्रहरी मुख्यालय (हेडक्वार्टर) द्वारा सञ्चालित गोप्य तथा महत्वपूर्ण कारबाहीका नेतृत्व कर्ता समेत हुन । उनीहरू तीन जना नै आर्थिक रुपमा ट्रयाक भंग नगरेका प्रहरी अधिकृतहरू हुन् ।
प्रतिक्रिया