काठमाडाैं । नेपाल कमर्स क्याम्पस मिनभवनमा नेपाल विद्यार्थी संघको स्ववियु उम्मेदवार जिताउन नेपाल तरुण दल केन्द्रीय सदस्यहरु सक्रिय रहेका छन् ।
क्याम्पसमा नेपाल विद्यार्थी संघको स्ववियु सभापतिको उम्मेदवार सुर्खेतका रविन ओलि र सचिवको उम्मेदवार उदयपुरका ज्ञानु दाहालसहित प्यानल मैदानमा छन् ।
उपत्यकामा व्यवस्थापन संकायको नेपाल कमर्स क्याम्पसमा स्ववियु विगत लामो समयदेखि अखिलको कव्जा रहेको छ ।
तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङले स्ववियु चुनावमा नेविसंघ उम्मेद्वार जिताउन केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्षहरुलाई निर्देशन दिएअनुसार नेपाल तरुण दल केन्द्रीय सदस्य गोपाल चौलागाई, मनोज कटवाल, राजिब लामिछाने र दिपेन्द्र पोखरेल लगायतको नेताहरु उम्मेदवार जिताउन खटिरहेका छन् ।
नेविसंघले मिनभवनमा इतिहास रच्ने नेपाल कमर्स क्याम्पस पुर्व इकाई सदस्य हाल तरुण दल केन्द्रीय सदस्य दिपेन्द्र पोखरेलकाे दावी छ ।




















प्रतिक्रिया