Logo

अर्थ

दोहोरो अंकले घट्याे सेयर बजार



काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक १०.१४ अंकले घटेर २७०४ को विन्दुमा कायम भएको छ । आज ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ कम्पनीको मूल्य घटेको छ ।

५ अर्ब ४० करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रि-इन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ४३ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै राप्ती हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.८६ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ५.६३ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार १५:१५   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।