Logo

पत्रपत्रिका

प्रतिगामी जोडेर सरकार घेर्न खोज्दै समाजवादी : देशमा द्वन्द्वको डढेलो लगाउँदै प्रचण्ड



काठमाडौं । सरकारको शासन शैनी र दलहरूको जनता प्रति अनुत्तरदायी रवैयाबाट रुष्ट भएका नागरिकहरू राजावादीको नेतृत्वमा गरेको प्रदर्शनबाट सच्चिन नेताहरूलाई दिएको चेतावनी विपरीत देशको तीन पटक सत्ता नेतृत्व गरेका पुष्पकमल दाहाल आठ महिना पहिले गुमेको सत्ता फर्काउन प्रतिगमनको विरुद्ध सडक प्रदर्शन गर्ने भन्दै देशमा मुडभेड र द्वन्दको आगो बाल्न खोजिरहेको राजनीतिक जानकारहरू बताउँछन् । देशको अर्थतन्त्र चौपट छ ।

२७ खर्ब सार्वजनिक ऋण पुग्न लागेको छ । जनता अभावले ग्रस्त छन् । युवाको पलायन जारी छ । भ्रष्टाचार र कुशासनमा सुधार हुन सकेको छैन । जनतामा असन्तुष्ट पराकाष्ठ छ ।

ओली नेतृत्वको सरकार यस्ता वितिथीहरूमा सुधार गर्न लडिरहेको देखिन्छ । पुष्पकमल दाहाल प्रतिगमन विरुद्ध सडक प्रदर्शन भन्दै सरकार घेरेर आठ महिना पुरानो सत्ता फर्काउन खोजी रहेछन् जसलाई समाजवादी मोर्चाले सघाई रहेछ ।

जुन मोर्चामा माधवकुमार नेपाल जस्ता ईशाई नेता पनि रहेका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा समाजवादी मोर्चाको नामबाट चैत्र १५ गते प्रतिगामी चलखेल सफल हुन दिनौ भन्दै जनप्रदर्शनमा जुटेको छ । राजनीतिक बुद्धिजीवीहरु समाजवादी मोर्चाको नाममा हुने प्रतिगामी विरुद्धको जनप्रदर्शन नाम प्रतिगामी विरुद्ध भनिए पनि वर्तमान सत्तालाई घेर्ने प्रचण्डको रणनीति रहेको बताउँछन् ।

विगत केही दिन यता प्रत्येक आमसभा, अन्तक्रिया कार्यक्रमहरुमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अभिव्यक्तिहरु सरकार विरुद्ध केन्द्रित हुने गरेका छन् । तीन दिन पहिले उनका अभिव्यक्तिहरु एउटा नेताले गर्ने भन्दा आक्रोश, कुण्ठामा केन्द्रित भएको देखिन्छ राजनीतिक जानकारहरु भन्छन् ।

समाजवादी मोर्चाको नामबाट हुने प्रतिगामी विरुद्धको जनप्रदर्शन सरकारलाई घेरेर आफू सत्तामा पुग्ने दाहालको रणनीति भएको उनीहरु भन्छन् ।

गएको साता एउटा कार्यक्रममा जरूरी बारम्बार संसद विघटन हुँदा विघटनकारी प्रवृत्तिलाई परास्त गर्न आन्दोलन गरियो त्यसरी नै सरकारका गलत क्रियाकलाप र जनताले रगत बगाएर ल्याएको परिवर्तन उल्ट्याउने दुःसाहस विरुद्ध नयाँ राष्ट्रिय आन्दोलन गर्नु पर्ने बाध्यता भएको बताएका छन् ।

उनले सरकारकै गलत क्रियाकलापका कारण निराश भएका जनतालाई भ्रम दिएर प्रतिगमनले टाउको उठाउन खोजेको उनको आरोप छ । फागुन २५ गते पोखराबाट पूर्व राजा राजधानी फर्केर निर्मल निवास जाने क्रममा लाखौं जनताले गरेको प्रदर्शनलाई लिएर मुलुकको राजनीति अझै भत्भती बलिरहेछ ।

राजावादीहरुको प्रदर्शन पछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ सब भन्दा बढ़ी सरकारसँग आक्रोश भएका छन् । सत्ताबाट बाहिरीएको आठ महिना पछि दाहालका निम्ति सत्तामा पुनरागमन गर्न यसलाई अवसरका रुपमा उनले लिन खोजेका छन् ।

सरकार कै क्रियाकलाप र असफलताले निराश भएका जनता यसरी सडकमा ओर्लिएको उनको आरोप छ । फागुन २५ को जनप्रदर्शनलाई लिएर सरकार गम्भीर भएको जानकारहरु भन्छन् ।

सरकारले कसरी लाखौं जनता राजाको स्वागत गर्न भन्दै सडकमा आए भनेर गम्भीर रुपमा विश्लेषण गरी रहेको जानकारहरु बताउँछन् । फागुन २५ को जनप्रदर्शन पछि फेरि विभिन्न संगठन र नामबाट त्यस्ता प्रदर्शनहरु हुन सक्ने सम्भावना रहेको भन्दै सरकारले स्थितिलाई अत्यन्त संवेदनशील रुपमा लिएको खबर चर्चामा उल्लेख छ ।

कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले हामी आफूले कमी-कमजोरीको समीक्षा गरेर सुधार्दै परिणाम ल्याउनुको विकल्प छैन भनेका छन् । जबकी एमालेका नेता प्रदीप ज्ञवालीले अराजकतालाई मलजल गर्दै भङ्काएर देशलाई अस्थिरतामा लैजान खोजिएको छ सजक हुँदै उनीहरुसँग संवाद गर्ने र भ्रमहरुबाट मुक्त गर्ने प्रयासमा भोग्नु पर्छ भनेका छन्।

चैत्र १५ गते समाजवादी पर्साले फागुन २५ गते भएको प्रदर्शनको जवाफ दिने तयारी गरेको छ । प्रदर्शनका विरुद्ध प्रदर्शन गर्ने होडबाजीले कतै देशलाई द्वन्दमा लैजाने हो कि भन्ने चिन्ता बुद्धिजीवीहरुले गरेका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलवार ०६:००   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।