काठमाडौँ । चन्द्रागिरी हिल्स प्रालिले भालेश्वर मन्दिर जाने पैदलयात्रीसँग अवैध रुपमा शुल्क असुल गरिरहेको बिषयमा थाह नगरपालिकाले आपत्ति जनाएको छ ।
थाहा नगरपालिका वडा न. ९ का अध्यक्ष राजकुमार बलामीले चन्द्रागिरी हिल्सले नगरपालिकासँगकै सहकार्यमा चेकपोस्ट राखेको र यात्रुसँग शुल्क लिने गरेको भ्रामक सूचना फैलाएर नगरपालिकाको बद्नाम गराएको भन्दै यस विषयमा गम्भीर आपत्ति जनाएको हो ।
नगरपालिकाले उक्त क्षेत्रमा राखिएको चेकपोस्ट तत्काल हटाइ पैदल यात्रुसँग अवैध शुल्क असुल्ने कार्य तत्काल रोक्न निर्देशन समेत दिएको छ ।
थाह नगरपालिका वडा न. ९ का अध्यक्ष राजकुमार बलामीद्वारा जारी गरिएको सूचनामा भनिएको छ,- `यस थाहा नगरपालिका वडा नं. ९, चित्लाङ्ग भञ्ज्याङ्गहुँदै प्रसिद्ध भालेश्वर मन्दिरसम्म जाने पैदल मार्ग अन्तर्गत चन्द्रागिरी हिल्स प्रा.लि. द्वारा चेकप्वाइन्ट राखी उक्त मन्दिरसम्म पुग्न प्रत्येक पैदल यात्री बराबर रु. १००।- (अक्षरुपी एक सय रुपैयाँ मात्र) शुल्क लिइरहेको भनी जनगुनासो प्राप्त भईरहेको साथै सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमहरुमार्फत यस थाहा नगरपालिका ९ नं. वडा कार्यालय र चन्द्रागिरी हिल्स प्रा.लि. बीच भएको सहमति बमोजिम नै उक्त शुल्क लिएको भनी भ्रामक सूचना समेत सम्प्रेषण भईरहेको हुँदा त्यस प्रकारको कुनै पनि सहमति यस थाहा नगरपालिका ९ नं. वडा कार्यालय तथा वडा अध्यक्षबाट नभएको भन्ने बेहोरा स्पष्ट जानकारी गराईन्छ ।
साथै चन्द्रागिरी हिल्स प्रा.लि. लाई सो कार्य तत्काल बन्द गरी उक्त पद मार्ग भई भालेश्वर मन्दिरसम्म आवत जावत गर्ने कुनै पनि पैदल यात्रीहरुलाईय रोकावट नगर्न निर्देशन गरिन्छ र चेकप्वाइन्टमा राखिएको सामाग्रीहरु समेत ७ दिनभित्र हटाइदिनु हुन यसै सूचनामार्फत निर्देशन गरिन्छ ।”
प्रतिक्रिया