Logo

अर्थ

कुमारी बैंकको करिब ५ लाख कित्ता सेयर बिक्रीमा



काठमाडौं । कुमारी बैंकले करिब ५ लाख कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकको संस्थापक समूहको ४ लाख ८७ हजार १२ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

बिक्रीमा राखिएको कुल कित्तामध्ये २ लाख कित्तामा बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् भने बाँकी २ लाख ८७ हजार १२ कित्तामा अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।

संस्थापक शेयरधनी र सर्वसाधारणलाई शेयर खरिदका लागि निवेदन दिन ३५ दिनको समय दिइएको छ ।

इच्छुक संस्थापक र सर्वसाधारणले तोकिएको अवधिभित्र काठमाडौंको टंगालस्थित बैंकको केन्द्रीय कार्यालय र नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलवार ११:४७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।