काठमाडौं । कुमारी बैंकले करिब ५ लाख कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकको संस्थापक समूहको ४ लाख ८७ हजार १२ कित्ता सेयर बिक्रीमा राखिएको हो ।
बिक्रीमा राखिएको कुल कित्तामध्ये २ लाख कित्तामा बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् भने बाँकी २ लाख ८७ हजार १२ कित्तामा अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।
संस्थापक शेयरधनी र सर्वसाधारणलाई शेयर खरिदका लागि निवेदन दिन ३५ दिनको समय दिइएको छ ।
इच्छुक संस्थापक र सर्वसाधारणले तोकिएको अवधिभित्र काठमाडौंको टंगालस्थित बैंकको केन्द्रीय कार्यालय र नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन् ।




















प्रतिक्रिया