काठमाडौं । आज सेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक ७.६६ अंकले घटेर २६९७ को विन्दुमा कायम भएको छ । आज ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५२ कम्पनीको मूल्य घटेको छ ।
आज ४ अर्ब ३४ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रि-इन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ३२ करोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.२१ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया