वाशिंगटन। नासाको भारतीय मूलको अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका सहकर्मी बुच विल्मोर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किएका छन् ।
नेपाली समयअनुसार बुधबार बिहान ३ः५३ बजे चार अन्तरिक्ष यात्री बोकेको क्याप्सुल फ्लोरिडाको तट नजिकै समुद्रमा आइपुगेको हो । नासाका अनुसार विलियम्स र विल्मोर फर्किन लगभग १७ घण्टा लागेको थियो ।
सुनिता र बुच दुवै जना ८ दिने मिसनका लागि गत वर्ष जुनमा आईएसएस गएका थिए तर बोइङको स्टार लाइनर अन्तरिक्ष यानमा केही प्राविधिक गडबडीका कारण उनीहरू करिब ९ महिना त्यहाँ बस्नु परेको थियो । विश्व उनीहरुको सुरक्षित फिर्ताको प्रतिक्षामा रहेको थियो ।




















प्रतिक्रिया