काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटका लागि बुधबार अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुती सम्पन्न भएको छ ।
सर्टलिस्टमा परेका पाँचै जनाले अर्थमन्त्रालय पुगेर अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेको मन्त्रालय स्रोतले जनाएको छ । चुडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्यालले अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेका हुन् ।




















प्रतिक्रिया