Logo

अर्थ

सेयर बजारमा दोहोरो अंककाे गिरावट, ५ अर्ब १४ करोडकाे काराेबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १४.८८ अंकले घटेर २६८२.१५ को विन्दुमा कायम भएकाे छ ।

‍आज ५३ कम्पनीको सेयर मूल्य घटेको छ भने १८३ कम्पनीको मूल्य घटेको छ ।

बजारमा आज ५ अर्ब १४ करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भएको छ । आज हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको २९ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.३९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.२० प्रतिशतका दरले गुमाएका छन् ।

 

 

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार १५:१७   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।