Logo

प्रमुख समाचार

महायज्ञको नाममा घर भत्काइएका दलित परिवारलाई न्याय दिन सांसद परियारकाे माग



काठमाडौं । सिरहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञको नाममा दलित समुदायमाथि भएको विभेदबारे नेपाली कांग्रेसका सांसद जीवनबहादुर परियारले घोर भत्र्सना गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले पीडित परिवारलाई न्याय दिनका लागि सरकारसँग माग समेत गरेका छन् ।

गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका अध्यक्ष दिलिप यादवसहितका व्यक्तिहरूले औरही गाउँपालिका–५ का स्थानीय दीपक मरिक (डोम)को घर भत्काएको भन्दै सांसद परियारले आपत्ति जनाएका हुन् ।

‘विभिन्न जातीय विभेदका घटना घटिरहेका छन् । सिरहामा विष्णु महायज्ञ गर्ने नाममा …सहितका व्यक्तिहरूले दोङ जातिका व्यक्तिको उठिबास गरिरहेको छ,’ सांसद परियारले भने, ‘त्यसको घोर भत्र्सना गर्दछु । पीडित परिवारलाई न्याय दिनका लागि सरकारसँग जोडदार माग गर्न चाहन्छु ।’

महायज्ञका लागि त्यहाँको माटो समेत खनेर फ्याँकिएको पीडित परिवारको भनाइ छ ।

 

 

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार १२:२१   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।