काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर घोषणा गरेकाे छ । लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको हाे ।
यस लघुवित्तको बिहीबार (चैत ७ गते) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
संस्थाले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ ।




















प्रतिक्रिया