Logo

अर्थ

नबिल बैंकका सिईओ ढुङ्गानाको राजीनामा: गभर्नर पदका लागि बलियो दाबेदार



काठमाडाैं । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले राजीनामा दिएका छन् । बैंक स्रोतका अनुसार बैंकको सञ्चालक समिति समक्ष सिईओ ढुङ्गानाले राजीनामा दिएका हुन् ।

ढुङ्गाना राजीनामा बुझाएर अनिवार्य बिदामा बसेका छन् । तर, उनको राजीनामा भने स्वीकृत नभएकाे बैंक स्रोतले जनाएको छ ।

यसअघि नेपाल बङ्गलादेश बैंकमा हुँदा ढुङ्गाना गभर्नरको रेसमा थिए । सोही क्रममा उनले सञ्चालक समितिलाई राजीनामा बुझाएको भएपनि रेसबाट आउट भएपछि सञ्चालक समितिले राजीनामा स्वीकृत नगरेको भन्दै पुनः काममा फर्किएका थिए ।

हाल नेपाल राष्ट्र बैंकको १९औँ गभर्नरको रेसमा ढुङ्गानाको नाम पनि चर्चामा छ । यदि कांग्रेसको भागमा पर्‍योभने ढुङ्गाना गभर्नरका बलिया दाबेदार हुन् । अर्बपति विनोद चौधरी निकट रहेका ढुङ्गाना गभर्नर बन्ने चर्चासंगै नबिल बैंकको सिईओबाट उनको राजीनामाको खबर बाहिरिएको हो ।

तर ढुङ्गानाले भने यस सम्बन्धमा कुनैपनि प्रतिक्रिया दिएका छैनन् ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार १२:०५   :  बजे

1.6K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।