काठमाडौं । कांग्रेसले विदेशस्थित जनसम्पर्क समितिमा आवद्ध पार्टीका शुभचिन्तकहरूलाई दुई थरी सदस्यता वितरण गर्ने व्यवस्था पारित गरेको छ । कांग्रेस महामन्त्री गगन थापाले आइतबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा जनसम्पर्क समितिलाई वितरण गरिने दोहारो सदस्यता प्रणालीबारेको प्रस्ताव पारित गरेको हो ।
अबदेखि विदेशी नागरिकता प्राप्त व्यक्तिहरूले जनसम्पर्क समितिको सदस्यता र नागरिकता नलिएकाहरूले क्रियाशील सदस्यता पाउने भएका हुन् । नागरिकता प्राप्त व्यक्तिहरू जनसम्पर्क समितिको पदाधिकारी चयन गर्न पाउने भएपनि पार्टी महाधिवेशनमा भोटर हुने अवसरबाट भने बन्चित हुने भएका छन । यसअघि पार्टीमा यस्तो व्यवस्था थिएन ।




















प्रतिक्रिया