Logo

अर्थ

नेपाल एसबिआई बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ग्लोबल मनी वीक २०२५ को अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गरेको छ ।

चैत्र ४ देखि १० गतेसम्म सातै प्रदेशमा सम्पन्न यस कार्यक्रममा विद्यालय तथा कलेजका विद्यार्थीहरूलाई वित्तीय साक्षरतासम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो । कार्यक्रममा बचतको महत्व, ऋण तथा लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगी सम्बन्धी सचेतना, तथा अन्य आधारभूत बैंकिङ अवधारणाहरूबारे प्रशिक्षण दिइयो ।

बैंकले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी सातवटै प्रदेशका विभिन्न स्थानहरूमा कार्यक्रम सञ्चालन गरेको हो ।

उक्त कार्यक्रमहरूमा १५०० भन्दा बढी विद्यार्थी तथा बालबालिकाहरूको सहभागिता रहेको थियो । उनीहरूलाई आधुनिक वित्तीय प्रविधि, डिजिटल बैंकिङ प्रयोग, साइबर सुरक्षा, सुरक्षित बैंकिङ अभ्यासहरू तथा जिम्मेवार वित्तीय निर्णय लिने क्षमताका विषयमा विस्तृत प्रशिक्षण दिइएको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार १३:०५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।