Logo

अर्थ

एमसीसीका कार्यक्रमलाई निरन्तरता दिन लागिएकोमा नेकपाको विरोध



काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालमा निरन्तरता दिन लागिएको भन्दै विभिन्न सञ्चार माध्यममा आइरहेका समाचाप्रति विप्लव नेतृत्वको नेकपाले आपत्ति जनाएको छ ।

उक्त पार्टीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै एमसीसी सम्बन्धमा अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प नेतृत्वको सरकारले ९० दिनका लागि स्थगित गर्ने निर्णय गरेकोमा तर पछिल्लो समय त्यसलाई निरन्तरता दिने भन्दै विभिन्न नेपाली सञ्चार माध्ययममा आइरहेका समाचाप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तीमा भनिएको छ, ‘हामी यथास्थितिमा एमसीसी लागू नगर्न र नयाँ राष्ट्रिय सहमति कायम गरी नेपालको संविधान तथा कानून मातहत रहने सुनिश्चिततता गरेर मात्रै अघि बढ्न नेपाल सरकार र सम्बन्धित पक्षसँग हार्दिक अनुरोध गर्दर्छौ ।’

साथै उक्त पार्टीले अन्यथा नयाँ स्तरको जनआन्दोलनबाट एमसीसी र त्यसका पक्षधर बढारिने चेतवानी समेत दिएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार १६:३३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।