Logo

अर्थ

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड, १७ लाख ६९८ को हात रित्तो



काठमाडौं । औषधि उत्पादन कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रवन्धक प्रभु क्यापिटलले एक औपचारिक कार्यक्रममार्फत आईपीओ बाँडफाँड गरेको हो ।

फागुन २७ देखि चैत ३ गतेसम्म कम्पनीले सर्वसाधारणलाई आईपीओ आवेदन खुलाएको थियो ।

आवेदन दिनेमध्ये १८ लाख ४८ हजार २९८ योग्य ठहरिएका थिए । तीमध्ये १ लाख ४७ हजार ६ सय आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । बाँकी १७ लाख ६९८ को हात रित्तो भएको छ । आईपीओको नतिजा सीडीएससीको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

 

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलवार १०:००   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।