काठमाडौं । औषधि उत्पादन कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रवन्धक प्रभु क्यापिटलले एक औपचारिक कार्यक्रममार्फत आईपीओ बाँडफाँड गरेको हो ।
फागुन २७ देखि चैत ३ गतेसम्म कम्पनीले सर्वसाधारणलाई आईपीओ आवेदन खुलाएको थियो ।
आवेदन दिनेमध्ये १८ लाख ४८ हजार २९८ योग्य ठहरिएका थिए । तीमध्ये १ लाख ४७ हजार ६ सय आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । बाँकी १७ लाख ६९८ को हात रित्तो भएको छ । आईपीओको नतिजा सीडीएससीको वेबसाइटमार्फत हेर्न सकिनेछ ।




















प्रतिक्रिया