Logo

प्रमुख समाचार

जब मोदी कुलमानका पक्षमा खुले…



हिजो (सोमबार) साझ बसेको मन्त्रीपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयले संसद्को सार्वजनिक लेखा समितिमा चर्काचर्की भएको छ ।

नेकपा माओवादी सांसद अमनलाल मोदीले उक्त विषयमा सुरुमै बोल्न चाहेका थिए, तर सत्तारुढ सांसदहरूले प्रतिवाद गरेका थिए । सत्ता पक्षका सांसदहरूले सुरुमा बोल्न नमिल्ने भन्दै आफ्नो पालामा मात्र बोल्न भनेपछि दुई पक्षबीच चर्काचर्की परेको स्रोतले जानकारी दिएको छ ।

सत्तारुढ दलका सांसद तारा लामा तामाङ, रामकृष्ण यादव, मञ्जु खाण, मोहन बस्नेत लगायतका सांसदहरूले मोदीको भनाइको विरोध गरे । सुरुमै सभापति ऋषिकेश पोखरेल र मोदीबीच भनाभन भएको थियो । मोदीलाई भने रास्वपाका सांसद मनिष झा र हरी ढकालले साथ दिएका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलवार २१:४५   :  बजे

1K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।