काठमाडौं । सत्तारुढ दलहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भइरहेकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार समसामयिक राजनीतिको विषयमा छलफल गर्न लागिएको छ ।
बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू उपस्थित छन् ।
त्यस्तै, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पनि बैठक उपस्थित भएका छन् ।
जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, लोकतान्त्रिक समावादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राई लगायतका नेताहरू पनि उपस्थित रहेका छन् ।




















प्रतिक्रिया