Logo

अर्थ

४० अंकले बढ्यो सेयर बजार, २३१ कम्पनीको मूल्यमा वृद्धि



काठमाडौं । आज सेयर बजारमा भारी अंककाे वृद्धि भएको छ । नेप्से परिसूचक ४०.४७ अंकले बढेर २६२३ को विन्दुमा कायम भएको छ ।

आज २३१ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको मात्रै घटेको छ ।

आज  ४ अर्ब २० करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रि-इन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ४१ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ३१ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै राप्ती हाइड्रोका लगानकिर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ५.७४ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ७.२७ प्रतिशतका दरले गुमाएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार १५:१५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।